images

गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसद खतिवडाको प्रश्न, मापसे गरेकालाई सडकमा ल्याएर उभ्याउने कुन कानुनमा छ ?

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विधान हुकुमी राज्यमा होइन कानुनी शासनमा चल्नुपर्छ भनेर संविधान निर्माण गरेका बताए । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले मापसे गरेका व्यक्तिलाई सडकमा ल्याउन कुन कानुनले दियो भनेर प्रश्न गरे ।

उनले भने,ट्राफिक प्रहरीमा काम गर्ने महिला प्रहरीलाई महिनावारी हुँदा चार दिन बिदा दिने घोषणा गर्नु भएछ । कानुन बनाएर गर्दा त्यो असाध्यै राम्रो हो । त्यसलाई हामी स्वागत गर्न चाहान्छौं । तर मुलुक हुकुमी शासनमा चल्ने होइन। कुनै पनि काम गर्दा कानुन अनुसार चल्नुपर्छ उनले भने,मापसे गरेकाहरूलाई सडकमा ल्याएर उभ्याएको छ । यो कुन कानुन र नियममा छ ? गृह मन्त्रालयले प्रहरीलाई पठाएको छ कि ? प्रहरीलाई पत्राचार भएको छ कि? हामी हुकुमी शासनको विरुद्धमा छौं ।

उनले मापसे गरेकाहरूलाई सडकमा ल्याउने काम तुरुन्त बन्द गर्नका लागि सभामुख मार्फत रुलिङ गर्न माग गरे । उनले मिडिया ट्रायल गरेर मन्त्रालय चलाउन होइन,मन्त्रालय कानुन अनुसार चलाउनु पर्‍यो उनले भने, अहिले पनि पत्रकारिता जस्तो बोलेर मन्त्रालयले चलाएको आरोप लगाए ।