images

मेयर बालेनको स्ट्याटसपछि प्रचण्ड,ओली र देउवाबीच भेटवार्ता

काठमाडौं–प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

सोमबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्ट्याटसपछि उनीहरूको भेटवार्ता हुनुलाई गम्भीरताका साथ हेरिएको छ । सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठनपछिको भेटवार्ताको रहस्य भने गोप्य राखिएको स्रोतले जनाएको छ ।