images

प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता,मधेश प्रदेशमा सघाउन एकीकृत समाजवादी तयार

काठमाडौं–प्रमुख सत्तासीन दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच समसामयिक विषयमा भेटवार्ता भएको हो । खास गरी सरकारले बजेट निर्माणमा सत्तारुढ दलहरूका शीर्ष नेताहरूसँग छलफल नगरेको भन्दै आलोचना भइरहँदा उनीहरुबीच भेटवार्ता भएको हो ।

त्यसै गरी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई केन्द्र सरकारमा समावेश गर्ने विषयमा छलफल भएको बताइएको छ । माधव नेपालले पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै मधेश सरकारमा जनमत पार्टीलाई सत्ता गठबन्धनको निर्णयअनुसार सहयोग गर्न तयार भएको बताएको ओलीको सचिवालयको भनाइ छ ।

आजै ओली, प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाबीच पनि भेटवार्ता भएको थियो ।