images

गिरीबन्धु टी–इस्टेटबारे ओलीको जवाफ– बालेनलाई सोध्नू

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–इस्टेटको जग्गा प्रकरणबारे बालेनलाई सोध्नु पर्ने जवाफ दिएका छन् । पछिल्लो समय नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झापा स्थित गिरीबन्धुको १० हजार करौंडको जग्गा ओलीकै मिलेमतोमा घोटाला भएको भन्दै स्ट्याटस लेखेका थिए ।

उनले ओलीले नै गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा हात रहेको उल्लेख गर्दै १० हजार करोडको काण्डलाई विषयान्तर गर्न न्युरोडमा फुटपाथ बनाउन नदिएको आरोप लगाएका थिए । साथै उनले समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता नगरे जेल जानु पर्ने चेतावनी दिएका थिए ।

सोही प्रकरणबारे अध्यक्ष ओलीले पत्रकारको प्रश्नको संक्षिप्त जवाफ दिँदै गिरीबन्धु टी–इस्टेटबारे बालेनलाई सोध्नु भन्दै पन्छिए ।