images

टी– २० विश्वकप नेपाल-नेदरल्याण्डः प्रेसर ह्याण्डिल गर्न सक्ने टिमले जित्छः कप्तान रोहित

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबीचको खेलमा दबाब सहन सक्ने टोलीले नै गेम जित्ने बताएका छन् ।

विश्वकप सुरु हुनुअघि भएको प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले विश्वकप खेल्नका लागि आफूहरू सबै उत्साहित रहेको बताए । उनले १० वर्षपछि नेपालले टी २० विश्वकप खेल्न लागिरहेको भन्दै उनले सबैभन्दा राम्रो प्रदर्शन गर्ने बताउनु भयो । उहाँले अहिलेका खेलाडीहरूको सपना आज पूरा हुन लागेको बताए । उनले पहिलो खेल जित्नु महत्त्वपूर्ण हुने भन्दै जितका लागि आफूहरू खेल्ने बताए ।

उनले भने ‘हामी सबै जना उत्साहित छौँ । यो इभेन्ट एकदमै महत्त्वपूर्ण छ । विगत १० वर्षदेखि हामी खेलेका थिएनौँ । १० वर्षपछि हामी विश्वकप खेल्दैछौं । नेपाल क्रिकेटको लागि यो महत्त्वपूर्ण कुरा हो । हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौँ । २० वटा टिम छन् । सबै टिम ब्यालेन्स र प्रतिस्पर्धी हुनुहुन्छ । नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौँ । जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ । हामी वेस्ट दिनेछौँ । टुर्नामेण्टमा पहिलो खेल एकदमै महत्त्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ।’

उहाँले पहिलो खेल जितेर सबैमा आत्मविश्वास बढाउने सोच रहेको बताए ।