images

काठमाडौं मेयर बालनेप्रति खनिए एमाले सचिव योगेश भट्टराई

काठमाडौं–नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह ९बालेन० प्रति आक्रोशित बन्दै संयमता गुमाएको आरोप लगाएका छन् ।

मङ्गलवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले सांसद भट्टराईले बालेनलाई संयतता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिएँ । उनले नेताहरू जेल बसेको विषयलाई मजाकको विषय बनाएको बन्दै आक्रोश व्यक्त गरे ।

उनले नेताहरूलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लाँदै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउँदै आफूहरू आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।