images

माग पूरा नभएसम्म काठमाडौंमा पानी नपठाउने हेलम्बु गाउँपालिकाकाे चेतावनी

काठमाडौं–हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु–मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौं नपठाउने चेतावनी दिएकी छिन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाएपछि पानी पाउने हो भने हेलम्बु-मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म पानी नपठाउने बताएकी हुन् । उनले सरकारले बारम्बार हेलम्बुवासीका मागहरूको बेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गरेपछि मात्रै त्यहाँको पानी काठमाडौं पठाउने अडान बताइन् । उनले स्थानीयहरुले वर्षा याममा आफूहरूलाई आवतजावत, शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा प्रदेश र सङ्घ सरकारलाई बारम्बार भने पनि सरकारले बेवास्ता गरिरहेको आरोप लगाए । उनले अबको बजेटमा सरकारले हेलम्बु–मेलम्चीवासीका माग सम्बोधनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताए । उनले विद्यालयस्तरमै विपद् शिक्षा हुन जरुरी भइसकेको पनि बताए । उनले एक वर्षको ६ देखि १० करोड बजेट विपद्मा खर्च गर्नुपर्दा गाउँपालिकाको विकास योजनाअनुसार गर्न नसकेको बताए ।

उनले भने, ‘हामी त्यहाँ थोरै पानीको लेभल बढ्यो भने पनि हामी त्यहाँ घर, स्कुल गुमाउनुपर्ने अवस्था छ । सबैभन्दा पीडित अवस्थामा म आफैँ पनि छु । मेरो बच्चाले अहिले एक कक्षामा पढ्छ, ममी पानी आयो त, हामी आज रातभर सुत्न सक्छौँ रु कहाँ जाने रु यो हेलम्बु, मेलम्ची, पाँच पोखरीका बच्चाहरूमा यो कन्सेप्ट छ । पानी आउने बित्तिकै बाढी आउँछ भन्ने छ । यो नेपाल सरकारले स्थानीय पाठ्यक्रममा पनि समावेश गरेका छौँ । विद्यालय स्तरमै विपद् शिक्षा हुन जरुरी छ । खानेपानी बोर्डबाट तत्काल १५ करोड जति पैसा विनियोजन भएर केही काम गरेका पनि छौँ । आन्तरिक श्रोतमा हामी करोड पनि पुग्न सक्दैनौँ । एक वर्षको ६ देखि १० करोड बजेट विपद्मा नै खर्च गरिरहेका छौँ । हामी हरेक वर्ष त्यो पीडामा बस्न सक्दैनौँ । हामीसँग समन्वय गरेर हाम्रो माग सम्बोधन गर्ने की नगर्ने रु अबको बजेटमा सामेल गर्ने की नगर्ने रु वर्षा लाग्यो अब हामी स्कुल जान सक्दैनौँ भन्ने त्यहाँ विद्यार्थीलाई छ । यो हिउँदभर नेपाल सरकार, प्रदेश सरकार के हेरेर बस्यो रु हामीले त माग गरिरहेका थियौँ । हामीले बाटोघाटो, वर्षामा कठिन छ भनेर माग गरिरहेका छौँ । हामीलाई प्रदेश र सङ्घ सरकारले किन बेवास्ता गरिरहेको छ । काठमाडौंवासीले रित्तो गाग्री सडकमा आएर देखाउने बित्तिकै पानी पाउनु हुन्छ भने हामीले पनि हाम्रो माग सम्बोधन गरेपछि मात्रै पानी पठाउँछौँ भन्ने कुरा यो फोरमबाट एडिबीका प्रतिनिधि र नेपाल सरकारले आवाज सुनोस् ।’