images

अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ प्रतिनिधि सभामा पेस

काठमाडौं–प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सो समितिका सभापति राज किशोर यादवले ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम १२१ बमोजिम अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभा बैठकमा पेस गरिएको सभापति यादवले बताए ।