images

कोशी सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं–कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको छ । बुधवार सर्वोच्च अदालतका न्याधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

अब तीन वा सोभन्दा धेरै न्यायाधीशको इजलासले सुनुवाइ गर्ने भएको हो। कोशीका विवादमा एउटै दफामा टेकेर दुई पटक सरकार गठन गर्न मिल्छ कि मिल्दैन ? भनी विवाद भएपछि संवैधानिक व्याख्याका लागि पूर्ण इजलासमा पठाउने आदेश भएको सर्वोच्चले अदालतले जनाएको छ ।

गत वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेपछि पूर्व मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत गएका थिए ।