images

बाढीबाट प्रतिरक्षा गर्न कृत्रिम घटना अभ्यास

बाँके– बाँकेमा बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । बाढीको बेला हुन सक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको हो । उद्धार सामाग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपालगन्ज उपमहानगरपालिकामा रहेको वाटर पार्कमा कृत्रिम अभ्यास गरिएको हो ।

वर्षेनी तराइमा डुबान हुने र हजारौँ मानिसहरू बाढीको जोखिममा पर्ने सम्भावना भएको हुँदा पूर्व तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

विपद् बाजा बजाएर आउने नभई अचानक हुने भएकाले स्थानियतहले विपदबाट स्थानियबासीहरुलाई जोगाउनका लागि पूर्ण तयारीका साथ पूर्व तयारी गरिरहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रताप सिंहले बताए ।

बाँकेमा विपद् न्यूनीकरणका लागि विपद् व्यवस्थापनका पूर्व तयारी तथा अभ्यासहरू वर्षेनि हुने भए पनि आगलागी,बाढी,तातो हावा लगायतका प्रकोपबाट स्थानीयवासीहरुले पीडा खेप्नु परिरहेको छ । प्राकृतिक प्रकोप लगायतका विपदबाट बच्नका लागि तीनै तहको सरकारले पूर्व तयारी गर्न आवश्यक देखिन्छ ।