images

जनमतले मधेशको मुख्यमन्त्रीमा सिंहलाई पठाउने निर्णय

काठमाडौं–मधेश प्रदेशमा जसपा नेपालको सरकार ढलेसँगै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री पाउने भएको छ । सत्तारुढ दलहरूको सहमति बमोजिम मधेश प्रदेशको नेतृत्व जनमतले पाउने भएको हो ।

जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंहलाई पठाउने भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार बनाउन आजै दाबी प्रस्तुत गर्ने गठबन्धन दलहरूले मुख्यमन्त्रीमा जनमत पार्टीका प्रदेश सांसद सिंहलाई मुख्यमन्त्री बनाउन लागेका हुन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउतको निर्वाचन क्षेत्र सप्तरी–२ को १ बाट सिंह प्रदेश सांसदमा निर्वाचित भएका थिए । सप्तरीको तिलाठी कोइलाडी नगरपालिकाका प्रमुख समेत भइसकेका सिंहलाई मुख्यमन्त्री बनाउन राउतले सत्ता गठबन्धन दललाई सन्देश दिइसकेको छ ।