images

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानमा कार्यरत इन्स्पेक्टर पक्राउ 

काठमाडौं–बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक पक्राउ परेका छन् । बालिका यौन दुर्व्यवहारको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटी पक्राउ परेका हुन् ।
इन्स्पेक्टर शिवाकोटीले १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त रजौरेले जानकारी दिए ।  उनले  घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कारबाही गरिने बताए ।
बालिका शिवाकोटीकै घरमा घरेलु कामदारको रूपमा काम गर्दै आइरहेकी थिइन् । शिवाकोटीकै संरक्षणमा रहेकी ती बालिकालाई पढाई दिने भन्दै सानै उमेरमा कामदारको रूपमा ल्याइएको प्रहरीले जनाएको छ ।
बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा  शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी थिइन् । उजुरी लगतै प्रहरी वृत्त स्वयम्भूले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।