images

प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ ग्रहणमा सहभागी हुन भारत जाने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिवार छिमेकी मुलुक भारत जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन त्यसतर्फ जाने भएका हुन् ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि आवश्यक तयारी गरिरहेको छ ।

शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै बङ्गलादेशका राष्ट्रपति शेख हसिना, प्रधानमन्त्री प्रचण्ड र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे सहभागी हुने बताइएको छ ।

मोदीले श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिंघेलाई पनि शपथ ग्रहण समारोहमा आमन्त्रण गरेका छन् ।

उनले मोरिशसका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा पठाउने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दै छन् । उनी भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन् ।