images

जनमतका सतिशकुमारद्वारा मधेश प्रदेशकाे मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं–मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीबाट सांसद सतिशकुमार सिंहले दाबी पेश गरेका छन् ।

शुक्रवार बिहान गठबन्धनका दलहरुबीच सहमति जुटेसँगै उनले दाबी पेश गरेका हुन् । उनले ५५ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २४, जनमतका १३, नेकपा (माओवादी केन्द्र) का ९ र नेकपा ९एकीकृत समाजवादी० का ७ सांसद छन् । त्यस्तै सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिका एक÷एक सांसदहरूले पनि सत्ता गठबन्धनलाई साथ दिएका छन् ।

दलहरुबीच सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) लाई अर्थ र पर्यटन मन्त्रालय, नेकपा ९एकीकृत समाजवादी० लाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा तथा सिँचाइ मन्त्रालय दिने सहमति भएको छ । जनमत पार्टीलाई वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ ।

१–१ सिटको नेपाल सङ्घीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ । मुख्यमन्त्री सिंहले आज सवा १२ बजे शपथग्रहण गर्नुहुनेछ । —