images

बालेनलाई ओलीको जवाफ,भैँसीको ढाडमा लात्ती हानेँ भनेर झिँगा दङ्ग पर्छ

काठमाडौं–नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको विवादले यति बेला सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । केही दिन अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको काममा ओलीले हस्तक्षेप गरेको भन्दै गिरिबन्धुसँग जोडेर ओलीलाई जेल जानु पर्ने सम्म भन्न भ्याएका थिए ।

ओलीलाई माथि मेयर बालेनले लगाएको आरोपमा एमालेका सांसद एवम् नेता कार्यकर्ताहरूले सदनदेखि सामाजिक सञ्जालसम्म बालेन विरुद्ध खनिएँ । केही समय अघि गिरिबन्धुको कुरा सोध्दा पत्रकाहरुसँग मेयर बालेन शाहलाई सोध्न भन्दै गम्किएका थिए ।

शुक्रवार भने चितवन पुगेका ओलीले मेयर बालेनलाई झिँगाको संज्ञा दिए । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले मेयर बालेनको टिप्पणीलाई भैँसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दङ्ग परेजस्तै भन्ने टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने,‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर१ म कसैसँग अनावश्यक ढङ्गको विवादमा पर्न चाहन्नँ । ’