images

मधेश प्रदेशका मुख्यमन्त्री सिंहसहित नौं मन्त्रीले लिए शपथ

काठमाडौं–मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहसहित नौं मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार सिंहसहितका नौ जना मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ दिलाएकी हुन् ।

मुख्यमन्त्री सिंहले मैथिली भाषामा सपथ लिएका हुन् । अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराईले शपथ ग्रहण गरेका हुन् ।

त्यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा(एस) संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा(एस) कै बेंची लुङ्गेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एक मात्र सांसद रहेको नेपाल सङ्घीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको रूपमा शपथ ग्रहण गरेका हुन् ।

को को बने मन्त्री हेर्नुहोस् सूची सहित