images
images

गृहमन्त्री लामिछानेमाथि सम्भवको गम्भीर आरोपः सहकारी ठगीको समाचार रोक्न नमान्दा बुबालाई पक्राउ गरे

काठमाडौं–कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू विरुद्धका समाचार लुकाउन अनुरोध गरेको र कान्तिपुरले त्यो नमानेपछि अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको गम्भीर आरोप लगाएका छन् ।

शुक्रवार बिहान भिडिओ स्टेटमेन्ट जारी गर्दै निर्देशक सम्भवले सहकारीको बचत रकम अपचलनबारे कान्तिपुरले लगातार समाचार लेखेपछि त्यो नलेख्नु भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले अनुरोध गरेको दाबी गरेका हुन् । त्यही रिसमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका आफ्ना बुवा कैलाश सिरोहियालाई ‘झुटो आरोप’मा पक्राउ गराएको दाबी उनले गरेका छन् ।

सम्भवले सात मिनेट भन्दा बढीको भिडिओ जारी गर्दै गृहमन्त्रीमाथि समाचार लुकाउने प्रयास गरेको गम्भीर आरोप लगाएका छन् । यद्यपि, यसको कुनै प्रमाण भने प्रस्तुत गरेका छैनन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS