images

राज्यका नीति, नियम व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यकःमन्त्री शर्मा

काठमाडौं–सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताएकी छन् । ।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन तथा तेस्रो वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन । उनले राज्यका नीति, नियम, कानुनहरू व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक रहेको उल्लेख गरिन । उनले कर नीतिमा केही समस्या रहेकाले त्यसलाई सच्याउने काम भइरहेको बताइन् । उनले मेट्रियल, रअ मेट्रियलको भन्सार धेरै महँगो हुँदा नेपालमा खोल्न सक्ने उद्योग व्यवसायीहरू निरुत्साहित रहेको बताए । उनले नेपालमै एउटा मोबाइल फ्याक्ट्री खोल्न आफूले कुरा अघि बढाएको पनि बताइन ।

उनले भनिन् ‘यस सम्बन्धी समस्याको विषयमा हामी जानकार छौं । तर समाधान कसरी रु भन्ने मुख्य कुरा हो भन्ने मलाई लाग्छ । यो समाधानका निम्ति हामीले जसरी व्यापार, व्यवसाय कोभिड महामारी लगायत विभिन्न कारणले गर्दा व्यावसायिक क्षेत्र मन्दीमा छ । मोबाइल व्यवसाय पनि यसकै मारमा छ । त्यसमाथि पनि राज्यका कयौँ नीति, नियम, कानुन हाम्रा व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक छ । व्यवसायलाई संरक्षण गर्न, यसलाई अगाडि बढाउनका निम्ति हाम्रा नीति, नियम र कानुन व्यापारमैत्री, व्यवसायमैत्री बनाउन जरुरी छ । त्यसका लागि हामी प्रयत्न गरिरहेका छौँ । हाम्रो कर नीतिमा केही समस्या छन्, त्यसको समाधानमा सरकार लागिरहेको छ । हामीले देखिरहेका छौँ, बाहिर त्यही सामान सस्तोमा आउँछ । यहीँ उत्पादन गरौँ भन्दा र मेट्रियल, रअ मेट्रियलको भन्सार धेरै महँगो हुन्छ । त्यसले गर्दा नेपालमा खोल्न सक्ने उद्योग व्यवसायहरू निरुत्साहित छन् । नेपालमै एउटा एसेम्बी मोबाइल फ्याक्ट्री खोलौँ भनेर मैले आग्रह पनि गरेँ । नेपाली व्यवसायीहरूले पनि खोल्नुपर्छ । त्यसको लागि मेट्रियल, रअ मेट्रियल ल्याउने कुरा महँगो पर्ने कुरा गर्नुभयो । यस पटकको अर्थ विधेयकमा यो प्रयत्न भएको छ ।’

मन्त्री शर्माले बजेटमा नेपालमै पहिलो पटक नेपालको समृद्धिको निम्ति, बलियो अर्थतन्त्रको निर्माण गर्न आवश्यक रहेको बताइन् ।