images

दिल्ली यात्रामा जानु अघि प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

मोदीले भारतीय प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकालका लागि शपथ लिँदै छन् । प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गङ्गा दाहाल लगायत पाँच जनाको टोली भारत जान लागेको जनाइएको छ ।

मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्डसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिवार नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।