images
images

कोशी सरकार विवादः पूर्ण इजलासमा तोकियो पेशी

काठमाडौं–कोशी प्रदेश सरकार गठन विरुद्धको विवाद सर्वोच्च अदालतले पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा पेशी तोकिएको हो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधवार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेशसभाबाट विश्वासको मतसमेत लिइसकेका छन्।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै कांस्रेस सांसद केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ।

कार्कीको विश्वासको मतको प्रक्रियाअघि नै अदालतमा रिट दर्ता भएको थियो। निवर्तमान मुख्यमन्त्री कार्कीले गत वैशाख २७ गते नै रिट दर्ता गरेका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS