images

कोशी सरकार गठनविरुद्धको विवाद हेर्न नमिल्नेमा

काठमाडौं–कोशी प्रदेश सरकार विरुद्धको रिटको पूर्ण इजलासमा पेशी तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा परेको छ । आइबार उक्त रिटको सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, सुनिलकुमार पोखरेल र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो ।

तर न्यायाधीश पोखरेलले यसअघि कोशीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमा कानुन व्यवसायीका रूपमा बहस गरेका थिए । सोही कारण आजको इजलासमा पोखरेल बस्न नमिले भएपछि रिट हेर्न नमिल्नेमा परेको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधवार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेशसभाबाट विश्वासको मतसमेत लिइसकेका छन्।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै कांस्रेस सांसद केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ।

कार्कीको विश्वासको मतको प्रक्रियाअघि नै अदालतमा रिट दर्ता भएको थियो। निवर्तमान मुख्यमन्त्री कार्कीले गत वैशाख २७ गते नै रिट दर्ता गरेका थिए।