images

एकीकृत समाजवादी निकट युवा संघ विभाजित,अध्यक्ष नेपालका भान्जालाई कारबाही

काठमाडौं–नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा भातृ सङ्गठनमा समेत गुट मौलाउँदै गएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका माधव कुमार नेपालका भान्जा नितेस पौडेलले समानान्तर युवा सङ्घ नेपाल गठन गर्दै विभाजित गराएका हुन् ।

पौडेलले समानान्तर युवा सङ्घ गठन गरेपछि युवा सङ्घका संयोजक कृष्ण विकले उनलाई कारबाही गरेका हुन् । युवा सङ्घका पूर्व अध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री भएपछि २०८० भदौमा फागुनमा कृष्ण विश्वकर्मा संयोजक र नितेश पौडेल सहसंयोजक रहेको महाधिवेशन आयोजक कमिटी बनेको थियो ।

सहसंयोजक समेत रहेका पौडेलले संयोजक पौडेलले समयमै महाधिवेशन गर्न नसकेको आरोप लगाउँदै समानान्तर कमिटी गठन गर्नु परेको बताएका छन् । तर विक समूहले भने अध्यक्ष नेपालले आफ्नै भान्जालाई अघि सारेर युवा सङ्घलाई विभाजित गरेकाले कारबाही गरेको बताएका छन् ।
संयोजक कृष्ण विकले जारी गरेको विज्ञप्ति