images

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँ दिल्लीका लागि उडेका हुन् । प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्।

मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।
प्रधानमन्त्री दाहाल भोलि मात्रै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।