images

एमालेले व्यक्ति पूजा गर्छः महासचिव भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् । महासचिव भुसालले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गर्दै एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने टिप्पणी गरे । नेपालमा समाजवादी क्रान्ति नेकपा एकीकृत समाजवादीले मात्रै ल्याउन सक्ने उनको भनाइ छ ।

महासचिव भुसालले समाजवादी क्रान्तिका योजना र कार्यक्रमहरू २०७५ सालमै गर्नुपर्ने भए पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको नवौँ महाधिवेशनमा पराजित हुँदा सम्भव नभएको जिकिर गरेका छन् ।