images

एमालेले जबजलाई मार्गदर्शक मान्नु गलतः हो अध्यक्ष नेपाल

काठमाडौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद ९जबज० लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले एमालेको आठौँ र नवौँ महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिँडेको भनेर केपी ओलीलाई दोष दिन भने नहुने बताए । आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भयो भनेर भन्न पनि नमिल्ने तर्क गरे । अध्यक्ष नेपालले पार्टीले समाजवादी विचारधारा अघि सारेको दाबी समेत गरे । उनले आफ्नो पार्टीले वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाएर लैजाने बताए ।

अध्यक्ष नेपालले भने, ‘वास्तवमा हाम्रो पार्टीले नै अहिलेको नयाँ चरणमा समाजवादी क्रान्तिको चरणमा समाजवादी कार्यक्रम लिनुपर्दछ भन्ने विचार अगाडि सा¥यो । अरू पार्टीले भन्न सकेका छैनन् । हिजो नवौँ महाधिवेशनले पनि धेरै गलत कुराहरू अगाडि सा¥यो । जनताको बहुदलीय जनवादी ९जबज० लाई मार्गदर्शक सिद्धान्त भनेर अनि त्यही मार्गदर्शक सिद्धान्तमा अहिले केपी ओली चलिरहेका छन् । अब केपी ओलीलाई के दोष दिनु ? महाधिवेशनले नै पास गरिसकेपछि उनलाई दोष दिने कुरा पनि भएन । त्यसो हुनाले त्यही बेलामा गलत विचार अघि सारिएको थियो । तर हामीले मार्ग दर्शक सिद्धान्त भन्ने पनि होइन, त्यसको औचित्य समाप्त भयो भन्ने पनि सकिँदैन । हामीले सरकारसँग पनि सहकार्य गरिरहेका छौं । अहिले समाजवादी मोर्चा नयाँ ढङ्गले चलाउने कुरामा पनि छलफल चलाइरहेका छौं । यसभित्र नेकपा विप्लव समूह पनि हामी सँगसँगै जाऊ भन्दै हुनुहुन्छ । त्यसै गरी अशोक राईको समूहले पनि मिलेर जाऊँ भन्दै हुनुहुन्छ । अनि नेपाल समाजवादी पार्टीले पनि मिलेर जाऊँ भनिरहेका छन् । त्यस कारण माओवादीसहित यी घटक बसेर छलफल पनि गर्नेछौँ । यी सबै वामपन्थी शक्तिहरूलाई मिलाएर एकताबद्ध बनाएर हामी अगाडि बढ्छौँ । तर हामी जोड के दिन चाहन्छौ भने वर्ग सङ्घर्ष अनि राजनीतिक सङ्घर्ष, राजनीतिक मोर्चा । यी सबै क्षेत्रमा हामीले उत्कृष्टता देखाउन सक्नुपर्दछ ।’

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउने विषयमा छलफल भइरहेको पनि बताए ।