images

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किँदै

काठमाडौं–भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथ ग्रहण समारोहमा भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन् । भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा आइतबार दिउँसो भारत प्रस्थान गरेका प्रधानमन्त्री नेतृत्वको नेपाली टोलीले भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा भाग लिनुका साथै शिष्टाचार भेटवार्ता समेत गरिसकेको छ ।

भेटमा नेपाल–भारतबीच रही आएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी समेत रहेका छन् ।