images

वैवाहिक बलात्कारमा पूर्वन्यायाधीश गिरिलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

काठमाडौं– वैवाहिक बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतले पूर्व न्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् । न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्व श्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै सजाय सुनाएको हो ।

गिरिलाई ७ वर्ष कैद र ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ। जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितकै खातामा जम्मा गर्नु पर्ने हुन्छ । जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो ।

वैवाहिक बलात्कारको आरोप लाग्ने बित्तिकै गिरि न्यायाधीशबाट निलम्बनमा परेका थिए ।