images

आइसिसी टी–२० विश्वकपमा आज पाकिस्तान र क्यानडाबीच खेल हुँदै

काठमाडौं–आइसिसी टी–२० विश्वकपमा मङ्गलवार पाकिस्तान र क्यानडाबिच खेल हुँदै छ ।
पाकिस्तान र क्यानडाबिचको खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राति ८ः१५ बजे सुरु हुनेछ । पाकिस्तान र क्यानडा प्रतियोगिताको समूह ए मा छन् । त्यो समूहमा भारत, आयोजक अमेरिका र आयरल्यान्ड पनि छन् । समूह ए अन्तर्गत खेल्न लागिएको यो छैटौँ खेल हो ।
 समूह ए मा रहेका पाँच वटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । चार अङ्कसहित भारत पहिलो र समान अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छन् । दुई अङ्क बटुलेको क्यानडा तेस्रो स्थानमा छ । पाकिस्तान र आयरल्यान्डले भने खाता खोल्न सकेका छैनन् । यस अर्थमा, पाकिस्तानी टोली मङ्गलवार राति खेलिने खेलमा जित्नै पर्ने दबाबमा रहने छ ।
क्यानडासँग पराजित भए पाकिस्तानी टोली जारी विश्वकपको समूहगत चरणबाटै बाहिरिने छ । अर्कोतिर, क्यानडा पनि पाकिस्तानलाई हराउँदै ‘सुपर–८’ चरणमा पुग्ने सम्भावना बलियो बनाउने धनुमा रहने छ ।