images

गर्मी बढेसँगै कपिलवस्तुका तीन पालिकाले गरे विद्यालयहरू फेरी बन्द

कपिलवस्तु–केही दिनदेखि तापक्रम बढ्दै गएपछि कपिलवस्तुका अधिकांश विद्यालयहरूलाई पुनःतीन दिनका लागि बन्द गरिएको छ । गर्मी र तातो हावाको कारण कपिलवस्तु जिल्लाका १० पालिकामध्ये ३ वटा पालिकाहरूले पुनः दिनसम्मका लागि विद्यालय बन्द गरेका हुन् ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरू पठनपाठनमा समस्या देखिएपछि बुधवार सूचना जारी गर्दै आगामी जेठ ३२ गते सम्मका लागि विद्यालय बन्द गरेका हुन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि पठन पाठनमा समेत प्रभावित हुन थालेपछि जिल्लाको कपिलवस्तु नगरपालिका,वाणगंगा नगरपालिका, तथा शिवराज नगरपालिकामा रहेका विद्यालयहरू बन्द गरिएको हो ।

केही दिनको विद्यालय बन्दपछि सुचारु भएको विद्यालय पुनः गर्मी बढेका कारण पठनपाठनमा असहजता देखिएको र उक्त बिदालाई बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले जानकारी दिए।

कपिलवस्तुमा विगत ३ दिन देखि अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस माथि रहेको पाइएको छ । कपिलवस्तु नगरपालिकामा मात्र ५२ वटा सामुदायिक ३० वटा संस्थागत तथा २७ वटा धार्मिक विद्यालय रहेका छन् ।

हेर्नुहाेस् सूचनाहरू