images

टी २० विश्वकपःनेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं–आइसिसी टी २० विश्वकपअन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएको छ ।

अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रो वार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र श्रीलङ्काले समान १/१ अङ्क बाँडेका छन् । समूह डिमा रहेको नेपालको २ खेलबाट एक अङ्क भएको छ भने श्रीलङ्काको तीन खेलबाट १ अङ्क छ ।

तीन खेलमा श्रीलङ्का बङ्गलादेश र दक्षिण अफ्रिकासँग पराजित भएको हो भने नेपालसँग वर्षाका कारण १ अङ्क बाँडेको हो । यता नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो भने श्रीलङ्कासँग अङ्क बाँड्न बाध्य बनेको हो । नेपालले अब १५ तारिकमा दक्षिण अफ्रिकासँग वेस्टइण्डिजमा खेल्नेछ । साथै १७ तारिकमा बङ्गलादेशसँग खेल्नेछ ।

बाँकी दुवै खेल जितेको खण्डमा नेपालले सुपर ८ को यात्रा तय गर्नेछ । समूह डिबाट दक्षिण अफ्रिका एक अखेल अगावै सुपर ८ मा पुगिसकेको छ । दक्षिण अफ्रिकाले तीनमा तीन खेलमा नै जित हात पारेको छ ।