images

राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट जेनेभातर्फ प्रस्थान गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी राष्ट्रपति पौडेल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

मङ्गलवार राति काठमाडौंबाट दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेशनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेका छन् ।

राष्ट्रपति पौडेलले आज स्वीस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

बिहीबार उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन्। बिहीबार नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आईएलओ० का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने छन्।

राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट बर्लिनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क वाल्टर स्टाइनमायेरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा जान लागेका हुन्। उनले असार ३ गते आफ्ना जर्मन समकक्षीसँग औपचारिक वार्ता गर्नेछन्।