images

सङ्खुवासभामा पहिरोले पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

सङ्खुवासभा– सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोला खानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गए रातिको अविरल वर्षासँगै खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसै गरी पहिरोमा परि मकवानपुरका उमेश कार्की र गोविन्द थारु घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरू निदाएका बेला माथिबाट पहिरो खसेको थियो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।