images
images

कोशी सरकार विवादसम्बन्धी मुद्दाको पेशी रेग्मी,सुवेदी र मुसलमानको इजलासमा

काठमाडौं– कोशी प्रदेश सरकार विवाद सम्बन्धी मुद्दाको सुनुवाइ तीन जनाको पूर्ण इजलासमा हुँदै छ । उक्त मुद्दाको पेशी न्यायाधीशहरू कुमार रेग्मी,नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको हो।

उक्त विवादमा अन्तिम फैसलाका लागि बहस हुने भनि यसअघि नै बिहीबारका लागि इजलासबाटै मिति तोकिएको थियो। यसअघि संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने जिकिर गर्दै आएका थिए । तर उनलाई हटाएर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएपछि कार्की सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कार्कीले संविधानको धारा १६८ अनुसारको अन्तिम मुख्यमन्त्री आफू भएकाले हटाउने निर्णय गैर संवैधानिक भएको जिकिर गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS