कुवेतमा भवनमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

एजेन्सी– कुवेत सहरको दक्षिणी भागमा रहेको मङ्गाफ क्षेत्रमा रहेको एक आवासीय भवनमा बुधवार बिहान भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले आगलागीको कारणको बारेमा तुरुन्त अनुसन्धान गर्न आदेश दिएको र जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही बनाउने प्रतिबद्धता जनाएका छन् । अमिर, युवराज शेख सबाह अल–खालेद अल–सबाह र प्रधानमन्त्री शेख अहमद अल–अब्दुल्लाह अल–सबाहले पीडित परिवारलाई शोक सन्देश पठाएका छन् ।

कुवेतका प्रथम उपप्रधानमन्त्री, रक्षा मन्त्री र आन्तरिक मन्त्री शेख फहाद युसुफ अल–सबाहले फरेन्सिक प्रमाण टोलीले आफ्नो अनुसन्धान पूरा नगरेसम्म भवन मालिक सहित संलग्न व्यक्तिहरूलाई हिरासतमा राख्न आदेश दिए । यस्तै दुर्घटना हुन नदिन निर्माण क्षेत्रमा हुने उल्लङ्घनलाई सम्बोधन गरी सम्बोधन गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन समेत दिए । स्रोतका अनुसार भवनभित्र करिब १६० जना कामदार रहेका थिए । ज्यान गुमाउनेमध्ये धेरै भारतीय नागरिक छन् ।