काठमाडौं–झापाको शिवसताक्षी नगरपालिका–३ स्थित एक घरमा दुई नाबालक सहित आमा घरभित्रै मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अञ्जलि बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष घरभित्रै मृत भेटिएका हुन् ।
केसीका अनुसार आमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । उनका दुई जना छोरा भने ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन् ।
घरभित्र बान्तासमेत गरेको देखिएकाले विषादीसमेत प्रयोग भएको हुन सक्ने प्रारम्भिक प्रहरीको प्रारम्भिक अनुसन्धाने देखाएको छ ।
घरभित्र विषादीको गन्धसमेत आइरहेकाले आमाले छोराहरूलाई विषादी खुवाएर आफू झुन्डिएको आशङ्का प्रहरीको छ । हाल घटनास्थल पुगेर प्रहरी निरीक्षकको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।
अञ्जलीका पति वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको प्रहरीले जनाएको छ ।