images

सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं– सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको शुक्रबारको इजलासले सुवेदीलाई दोषी ठहर गरेको हो । उनीविरुद्ध ३ वर्ष ३ महिना १८ दिन कैद र २ करोड ३६ लाख ५४ हजार ४ सय जरिवाना (बिगोको दोब्बर) को सजाय सुनाइएको छ । अदालतले बिगो बराबरको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।

कार्यालय प्रमुखका रुपमा पदको दुरुपयोग गरि कसुर गरेको भन्दै अदालतले सुवेदीलाई थप २ महिना १८ दिन कैद र २३ लाख ७५ हजार ५४० रुपैयाँ थप जरिवानाको पनि सजाय गरेको हो । २०८० असारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुवेदीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको थियो ।