images

सरकार सहिदहरूले देखाएको बाटोमा हिँड्न प्रयत्नशील छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सहिदहरूले देखाएको बाटोमा हिँड्न प्रयत्नशील रहेको उद्घोष गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित सहिद रीतबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको दाबी समेत गरे । प्रधानमन्त्री प्रचण्ड पेरिस डाँडामा आयोजित कार्यक्रमपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत १८ जनाको टोली सहित चुरे संरक्षण दिवसको अवसरमा आयोजित वृक्षारोपणमा सहभागी हुन सिरहा गएका छन् ।

मिर्चैया नगरपालिका ७ स्थित लक्ष्मी सामुदायिक वनको सात हेक्टर खाली जग्गामा विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण गर्न लागिएको छ ।

प्रधानमन्त्रीसँगै वन तथा वातावरण मन्त्री नवलकिशोर साह, पूर्व मन्त्री वीरेन्द्रप्रसाद महतो लगायत छन् ।