images

६ किलो सुन र ४८ लाख रुपैयाँ सहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं– करिब ६ किलो सुन र ४८ लाख नगद सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले घटनालाई भने सार्वजनिक गरेको छैन । पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको जनाइएको छ ।

त्यसै गरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा दुई जनालाई पक्राउ गरिसकेको र उनीहरूलाई नेपाल ल्याउने तयारी भएको जनाएको छ ।