images

ओलीले बजेटमाथि विरोध जस्तो मात्रै गर्नु भएको हो, साँच्चै गर्‍या होइनः प्रचण्ड

काठमाडौं–सरकारले ल्याएको आर्थिक वर्ष २०८१/ ०८२ को बजेटमाथि सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट बनेको छ । बजेटमाथि संसदमा भएको छलफलका क्रममा होस् या बाह्य अन्य औपचारिक कार्यक्रममा होस् एमालेका सांसद र नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेको छ ।

एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी ओलीले समेत बजेटमाथि एक दुई जनाको मुख हेरेर ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनको असन्तुष्टिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने सामान्य प्रतिक्रिया भएको टिप्पणी गरेका छन् ।

सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘उहाँले विरोध जस्तो मात्रै गर्नु भएको हो । साँच्चै गर्‍या होइन । ’,पछिल्लो समय सत्ता साझेदार दल एमाले र रास्वपाले भने सरकारसँग असन्तुष्ट व्यक्त गरिरहेका छन् ।