images

दूधको भुक्तानी दिन माग गर्दै प्रदर्शनमा उत्रिएका ३४ जना बढी पक्राउ

काठमाडौं– दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।

दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरूले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । उनीहरूले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता/सहमति समेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।