images

मेलम्ची खाने पानीलाई एडिबीले २ अर्ब अनुदान दिने

काठमाडौं–एसियाली विकास बैकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ ।

सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेड बक्समा ठुलो क्षति पु¥याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९दशमलव ७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । बाढीसँगै बगेर आएका गेग्रान र ढुङ्गाहरूले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीले २ अर्ब भन्दा बढी नेपाली रुपैयाँ अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताए ।

उनले भने ‘एडिबीले आफूले लगानी गरेको छ । आफैँले अध्ययन गराएको छ । उसको यति धेरै लगानी भई सक्यो । उसले पनि त आफ्नो लगानी त्यतिकै खेर फाल्छ चाहँदैन । उसले गराएको अध्ययनमा माथि रकबेल्ड छ । त्यसमा रड खोपेर एंगल मिलाएर पानी पठाउने भनेको छ । साथै एडिबीले अहिले हामीलाई २ अर्ब भन्दा बढी ग्राण्ड दिएको छ । हाम्रो ड्यामेज ९० करोडको हो । उसले तपाईँहरूको ड्यामेज भयो हामी २ अर्ब दिन्छौँ भन्यो । हामीले त्यो सुविधा लिने कि नलिने रु हाम्रो खर्च ४ अर्ब होला आधा त कभर गरिदियो नि । बाँकी २ अर्ब त हामी १/२ वर्षमा उठाईदि हाल्छौँ नि काठमाडौंमा पानी जान थालेपछि त’’

२ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसँगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसको लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ ।