images

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित सात जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं– मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुङ्गाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको हो ।

विशेषले मालपोत ८ वर्ष, भूपबहादुर बोगटीलाई ८ वर्ष, गोपालबहादुर ढुङ्गानालाई ४ वर्ष पदमप्रसाद अर्याललाई २ वर्ष र कुमोद तिवारीलाई ८ वर्ष कैदको सजाय निर्धारण गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले ७ जना अधिकृतहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो ।