images

सर्लाहीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं–सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा हुँदा केही गम्भीर घाइते भएका छन् ।

बिहीबार पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुवाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटनामा परेको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । घाइतेहरूको जनकपुर, वीरगन्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।