images
images

गिरिबन्धु टी स्टेट जग्गा प्रकरणमा छानबिन समिति गठन गर्न विश्वप्रकाशको माग

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरिबन्धु  टी स्टेटको जग्गामा कांग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला सङ्घको भावी कार्य योजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर कांग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरिबन्धु प्रकरणमा कांग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरिबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिए  । उनले ओलीले आवेगले प्रश्न उठाएको भन्दै  आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि नपर्ने बताए ।
उनले भने, ‘हामीमा आवेग कतिसम्म छ भने, तपाईँहरूले सुन्नुभयो नि । भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयो की, गिरिबन्धु प्रकरणमा काँग्रेसले ९१ बिगाहा जग्गा बेचेर कमिसन खायो । त्यो केपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो । यद्यपि म केपी कमरेडलाई श्रद्धा गर्दछु, मेरो जिल्लावासी नेता हो । मेरो जिल्लाको दुई नेतालाई तुलनात्मक रूपले बढी श्रद्धा गर्दछु । थुप्रै नेता हुनुहुन्छ । एउटा नेता कृष्णप्रसाद सिटौला, जो मेरो पार्टीकै नेता हुनुहुन्छ, अर्को नेता मेरो पार्टीको नेता होइन होला  उनले भने, तर राष्ट्रको नेता हुनुहुन्छ, कमरेड केपी ओली । श्रद्धा गर्ने कुरामा म कहिल्यै कम्परमाइज गर्दिन तर प्रश्नमा म उत्तिकै लाग्छु । ०५२ सालमा एमालेकै सरकार हुने, भूमि सुधार मन्त्री एमालेको हुने, २०६० सालको सरकार सूर्यबहादुर थापा हुने, भूमि सुधार मन्त्री काँग्रेसको नहुने, ०७८ सालमा केपी ओलीकै टोटल सेट हुने, अनि गिरबन्धुमा निर्णय गर्दै गर्दा यही तीन वटा सरकारको पालामा हुने । कांग्रेस नै नभएको दोष काङ्ग्रेसमाथि लगाउने, हामी चुप लागेर सुन्नुपर्ने ? उहाँको आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि पर्दैन । कांग्रेसले जवाफ दिन्छ । आज मिडियाका अघि म यो च्याप्टर क्लोज गर्न केपी ओलीजीलाई आग्रह गर्दै के भन्न चाहन्छु भने गिरिबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको कतै एक टुक्रा माटो छ भने तपाईँ पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईँहरू हुनुहुन्छ, खोल्नुस् गिरिबन्धुको फाइल र बनाउनुस् छानबिन समिति ।’
महामन्त्री शर्माले ओलीले आफू ओभानो बन्नका लागि काङ्ग्रेसमाथि आरोप लगाउने गरेको समेत बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS