images
images

बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई एमालेको ह्विप जारी

काठमाडौं– नेकपा (एमाले) ले आफ्ना सबै सांसद उपस्थित भएर बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

मङ्गलवार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य रूपमा उपस्थित भई पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन्।आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु,’ निर्देशनमा भनिएको छ।

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS