images

कोशीको विवाद टुंगियो,हिक्मतले पाए निरन्तरता

काठमाडौं– कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार गठनविरुद्ध दायर गरेको रिट खारेज भएको छ । मङ्गलवार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो ।

सर्वोच्चले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् ।

गत जेठ २५ गते हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएसँगै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको अन्तिम विकल्पको सरकार भएकाले हटाउन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।