images

चट्याङ लागेर तीन जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं–कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बुद्ध भूमि नगरपालिका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिए ।

बुधवार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दै गर्दा चट्याङ लागेर दुवैको मृत्यु भएको हो ।

त्यसै गरी कैलालीको जोशीपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डगौराको ज्यान गएको छ ।

बिहान करिब ७ः३० बजेको समयमा घरदेखि ३ सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डगौराको स्थानीय मेडिकल महापार्वती मेडिकलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ ।

त्यसै गरी कैलालीकै भजनी नगरपालिका ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी,विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकाहरू गम्भीर घाइते भएका छन् । इलाका प्रहरी सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् ।