
एजेन्सी– चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ ।
मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमुना लिएर पृथ्वीमा फर्किएको हो । उक्त यान मङ्गलवार इनर मङ्गोलियाको मरुभूमिमा अवतरण भएको छ । चन्द्रमाबाट ल्याइएको नमुना ग्रह निर्माणका बारेमा महत्त्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी साबित हुनसक्ने वैज्ञानिकहरूले जनाएका छन् ।
चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले ’मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ । चिनियाँ यानले ल्याएको नमुनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ ।