images

राष्ट्रपति पौडेल र चिनिया विदेश उप विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ विदेश उप विदेश मन्त्री सन वेइडोङ्गबीच भेटवार्ता भएको छ । बुधवार बिहान राष्ट्रपति भवन शीतल निवासमा चिनियाँ उप विदेश मन्त्री र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो ।

उक्त अवसरमा नेपाल र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध,आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपति रामचन्द्र पौडेलले सात दशकदेखि चीन र नेपालबीचको सम्बन्धका र नेपालको विकासको क्षेत्रमा चीनले पुर्‍याउँदै आएको योगदानका बारेमा प्रशंसा गरेका थिए ।