images

एसइईको परीक्षाको नतिजा सार्वजनिक,४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइईको नतिजा सार्वजनिक गरेको छ । बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक पश्चात् परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो ।

पहिलो पटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अङ्क नल्याए विद्यार्थी नन ग्रेडिङ हुने व्यवस्थाअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो ।

त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।

वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केही बेर लाग्ने बोर्डले जनाएको छ ।